‘कंलक’ नचलेपछि सोनाक्षीले के भनिन् यस्तो

एजेन्सी । पहिलो दिन वर्षकै सर्वाधिक ठूलो ओपनिङ गरेको आलिया भट्ट, वरूण धवन, सोनाक्षी सिन्हा, आदित्य रोय कपुर, संजय दत्त तथा माधुरी दिक्षित अभिनित ‘कंलक’को त्यसपछिको व्यापार भने ओरालो लागेको छ । ८० करोड भारूको बजेटमा तयार भएको सिनेमाको लगानी उठ्न कठिन देखिएको छ । 

करण जोहर निर्मित सिनेमा उनको करियरकै सबैभन्दा ठूलो फ्लप बन्न निश्चित भएको चर्चा भारतीय संचारमाध्यमले गरिरहेका छन् । सिनेमाको यो अवस्थाकाबीच ‘कंलक’ अभिनेत्री सोनाक्षी सिन्हाले सिनेमाको वक्सअफिस आफ्नो नियन्त्रणमा नरहेको प्रतिक्रिया दिएकी छन् । 

 

null

‘मेरा लागि हर सिनेमा उस्तै महत्वपूर्ण हुन्छ । आशासँगै सिनेमाको सफलताको लागि ईश्वरसँग प्राथना गर्छु तर केहि सिनेमाले दुर्भाग्यवशः राम्रो गरेका छैनन्’, सोनाक्षीले भनिन्, ‘तर म आशा मार्दिन । म सदैव आफ्नो उत्कृष्ट दिने प्रयास गर्छु तर वक्सअफिस मेरो नियन्त्रणमा हुँदैन । अभिनेत्रीका रूपमा मेरो नियन्त्रण मेरो काम र अभिनयमा मात्र हुन्छ । त्यसैले जुन कुरामा मेरो नियन्त्रण छैन, त्यसको बारेमा म चिन्ता गर्दिन ।’ 

यस्तै सोनाक्षीले आफूले गरेका सिनेमाले सफलता पाए पनि नपाएपनि सँधै सिक्ने अवसर भने पाइरहेको पनि बताएकी छिन् । सोनाक्षी यस वर्ष ‘मिशन मंगल’ तथा आफ्नो डेब्यू सिनेमा ‘दंबग’को तेश्रो सिक्वलमा देखिनेछिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *