ओलम्पिक छनोट: नेपाल पहिलो पटक इन्डोनेसियासँग आमनेसामने हुँदै

काठमाडौं, २६ चैत । ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनोटको दोस्रो चरणमा आज नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । बहतु रंगशालामा नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल जितको खोजिमा हुनेछ । 

 

छनोटको दोस्रो चरणबाट बाहिरिसकेको नेपालले पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । आज नेपाली महिला फुटबल टिमले पहिलोपटक इन्डोनेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल मात्रै होइन, इन्डोनेसिया पनि छनोट चरणको दुई खेलमा हार ब्यहोर्दै बाहिरिसकेको छ । 

null

तुलनात्मक रुपमा नेपालभन्दा कमजोर टिम हो, इन्डोनेसिया । पहिलो खेलमा भारतसँग २–० गोलले पराजित इन्डोनेसिया दोस्रो खेलमा म्यानमारसँग ६–० गोल अन्तरले पराजित भएको थियो । 

नेपाल भने पहिलो खेलमा म्यानमारसँग ३–१ ले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग पनि ३–१ गोलअन्तरले नै पराजित भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *