‘प्रत्येक परिवारका लागि पक्की घर, गरिबको ढोकामै चिकित्सा सुविधा’


चैत २५, नयाँ दिल्ली । लोकसभा चुनावका लागि भाजपाले चुनावी घोषणा पत्र जारी गरेको छ । उक्त घोषणा पत्रमा स्वतन्त्रताको ७५ साल वर्षलाई फोकस गर्दै ७५ संकल्प राखिएको छ ।
६ करोड मानिसहरुको सहयोगबाट घोषणा पत्र तयार गरिएको भाजपाको दावी छ । यसलाई ‘संकल्पित भारत, सशक्त भारत’ को नाम दिइएको छ ।
null
घोषणा पत्रमा भाजपाले २५ लाख करोड रुपैयाँ ग्रामीण क्षेत्रको विकासका लागि खर्च गर्ने दावी गरेको छ । किसानको आयलाई २०२२ सम्म २ गुणा पुर्याउने, किसान क्रेडिट कार्ड लिनेलाई १ लाख ऋणको पाँच वर्षसम्म ब्याज नलिने, प्रत्येक परिवारका लागि पक्का घर, एलपीजी सिलिण्डर उपलब्ध गराउने, हाईवे दुईगुणा बनाइने, म्यानेजमेन्ट स्कूलको सीट संख्या बढाउन कोशिश गर्ने लगायत दावी पनि घोषणा पत्रमा उल्लेख छ ।
यस्तै भाजपाले स्वास्थ्य क्षेत्रमा पनि विकास गर्ने बाचा गरेको छ । आयुष्मान भारत अन्तर्गत १.२५ लाख हेल्थ केयर सेन्टर बनाउने आश्वासन दिइएको छ । गरिबको ढोकामै चिकित्सा सुविधा उपलब्ध गराउने कोशिश गर्ने पनि दावी गरिएको छ ।
यस्तै सेनामा महिलाको सहभागिता बढाउने, संविधान संशोधन गरेर संसद र विधानसभामा महिलालाई ३३ प्रतिशत आरक्षण दिने प्रतिबद्धता पनि भाजपाले जनाएको छ ।
संकल्प पत्रको घोषणा गर्ने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, ‘२०१४ मा हाम्रो कार्यमा सामान्य मानिसहरुलाई जे आवश्कता थियो त्यो हामीले सम्बोधन गर्यौँ । देश जुन सपनाको साथ चलिरहेको छ, जुन १९५०–६० को कालखण्डमा हुनुपर्ने थियो, त्यो मैंले १४ देखि १९ सालमा गर्नुपर्यो ।’
प्रम मोदीले अब देशको सपनाको लागि काम गर्ने पनि दावी गरेका छन् । ‘गरीबीसँग लड्नु छ भने दिल्लीमा एसीमा बसेका मानिसहरुले गरीबीलाई हराउन सक्दैनन् । म पनि एसीमा बस्छु, त्यसैले दावी गर्न सक्दिन । गरीबले नै गरीबीलाई हराउन सक्छन् ।’
