आइपीएल: पंजाब दिल्लीसँग पराजित, सन्दिपले लिए ३ विकेट

काठमाडौं, ८ वैशाख । दिल्ली क्यापिटल्सले आईपिएलमा किङ्स इलेभेन पंजाबलाई ५ विकेटले पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा श्रेयस अय्यरको नटआउट ५४ र शिखर धवनको ५६ रनको मदतमा दिल्ली विजयी भएको हो । जितसँगै १२ अंक बटुलेको दिल्ली अंकतालिकाको तेश्रो स्थानमा उक्लिएको छ । हिजोको खेलमा पहिले ब्याटिङ् गरेको पंजाबले १६४ रनको लक्ष्य दिएको थियो, जसलाई दिल्लीले १९.४ ओभरमा पूरा गरेको हो । 

 

लक्ष्य पछ्याउन आएको दिल्लीले पंजाबजस्तै खराब सुरूवात गर्‍यो तर पावर प्लेमा गतिवान रूपमा रन बनायो । पृथ्वी शा १३ रन बनाउँदै आउट भए । शापछि ब्याटिङमा आएका कप्तान श्रेयश अय्यरले शिखर धवनसँग मिलेर पहिलो ६ ओभरमा टोलीका लागि ६० रन जोडेका थिए । धवनले १२ औं ओभरमा आफ्नो अर्धशतक बनाए । भने, १४ औं ओभरमा अश्विनको हातबाट क्याच आउट भए । धवनले ४१ बलमा ५६ रन बनाए । 

null

विकेटकिपर तथा ब्याट्सम्यान ऋषभ पन्तले हिजो खासै कमाल देखाउन सकेनन् । उनी ६ रन बनाउँदा विजोएनको शिकार भए । त्यसपछि कोलिन इन्ग्रामसँग मिलेर अय्यरले आफ्नो १२ औं अर्धशतक बनाए । इन्ग्रामले १९ रन जोडे । उनलाई शमीले आउट गरे । त्यस्तै अक्षर पटेल मात्र १ रन बनाएर आउट भए । उनी आउट भएसँगै दिल्ली केहि दबाबमा पर्यो । अन्तिम ओभरमा दिल्लीलाई जितका लागि ६ रन आवश्यक थियो । 

सो आवश्यक रन उसले २ बल बाँकी छँदै हासिल गर्‍यो र म्याच आफ्नो पक्षमा पार्यो । पन्जावका लागि हार्डस विलोजेनले २ र मोहम्मद शामीले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको पंजाबले राम्रो सुरूवात गर्न सकेको थिएन । लोकश राहुललाई १२ रनमा सन्दिप लामिछानेले आउट गरे । पावर प्लेमा मयंक २ रन बनाउँदा आउट भए । क्रिस गेलले दिल्लीका बलरहरूसँग खुलेर खेले । उनी मैदानमा डटिरहँदा मंयकलाई कगिसो रबाडाले शेरफेन रदरफोर्डको हातबाट क्याचआउट गराए भने डिबिड मिलरलाई ७ रनको स्कोरमा अक्षर पटेलले पेभेलियनको बाटो देखाए । 

त्यसपछि मंदिपसँग मिलेर गेलले पंजाबको पारीलाई अगाडी बढाए । यस्तैमा १३ औं ओभरमा सन्दिप लामिछानेले गेललाई आउट गरिदिए । त्यही ओभरमा सैम कुरेनलाई पनि सन्दिपले नै आउट गरे । मंदिपले रविचन्द्रनसँग पारीलाई अगाडी प्रयास गरे तर उनीहरूले २३ रनको मात्र साझेदारी गर्न सके । मंदिपको ३० रनको नीजि स्कोर हुँदा पेभेलियन फर्किए । हरप्रीत बराड र हरङस विजोएन २० र २ रनमा नटआउट रहे । दिल्लीका लागि नेपालका लेग बलर समेत रहेका सन्दिपले ३ तथा रबाडा र पटेलले समान २/२ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =