आईपीएल: राजस्थानमाथि चेन्नाईको रोमाञ्चक जित

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नाई सुपर किंग्सले छैटौं जित हात पारेको छ । बिहीबार राति भएको खेलमा चेन्नाईले राजस्थान रोयल्सलाई उसैको घरेलु मैदानमा चार विकेटले पराजित गरेको हो । 

 

१५२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । कुनै बेला हारको नजिक पुगेको चेन्नाईका लागि कप्तान मेहन्द्रसिंह धोनी र आम्बती रायडुले पाँचौ विकेटका लागि ९५ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । चेन्नाईको २४ रन हुँदा चार विकेट पतन भइसकेको थियो । 

null

कप्तान धोनीले ४३ बलमा ५८ रन बनाएर आउट भए । त्यस्तै, रायडुले ५७ रन बनाएका थिए । बलिङतर्फ बेन स्टोक्सले दुई विकेट लिए । यसअघि घरेलु टोली राजस्थानले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १५१ रन बनाएको थियो । राजस्थानका लागि बेन स्टोक्सले २८, जस बटलरले २३ र श्रेयस गोपालले अविजित १९ रन बनाएका थिए । 

शीर्ष स्थानमा रहेको चेन्नाईले सात खेलबाट ६ खेलमा जित, एक खेलमा पराजित हुँदै १२ अंक बनाएको छ । राजस्थानको भने ६ खेलबाट एक खेलमा जित र पाँच खेलमा हार ब्यहोर्दै अंक तालिकाको सातौं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =