फ्रेन्च कप: पीएसजी फाइनलमा पराजित, एमबाप्पेले पाए रातो कार्ड

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा रेनेससँग सडन डेथमा ६-५ ले पराजित भएको छ । निर्धारित समयको खेल २-२ को बराबरी र अतिरिक्त ३० मिनेटमा कुनै गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो ।पीएसजीले खेलको १३ औं मिनेटमा ड्यानी आल्भेसको गोलमा अग्रता लिएको थियो । ब्राजिलियन फरवार्ड नेयमारले २१ औं मिनेटमा गोल गर्दै पीएसजीलाई जिततत्र्फ़ उन्मुख गराएका थिए । तर ४० औं मिनेटमा प्रेस्नेल किम्पेम्बेले आत्मघाती गोल गरेपछि रेनेसले खेलमा पुनरागमन गर्ने मौका पायो । 

खेलको ६६ औं मिनेटमा क्लेमेन्ट ग्रेनिएरको क्रसमा मेक्सरले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । अतिरिक्त समयको खेलमा किलियन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टमा लागेर फर्कंदा पीएसजी अग्रता लिनबाट चुकेको थियो । खेलको अन्तिम २ मिनेट समय बाँकी रहँदा एमबाप्पेले खराब फल हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए । 

पीएसजीले टाइब्रेकर सुरु हुनुभन्दा केहि समय अगाडीमात्र मैदान प्रवेश गराएका क्रिस्टोफर एनकुन्कुले पेनाल्टी मिस गरेका थिए । सुरुवाती पाँच प्रहारमा दुवै टोलीका खेलाडीले गोल गरे । छैटौं प्रहारमा रेनेसका इस्माइला सार्रको प्रहार गोल हुँदा एनकुन्कुको प्रहार भने आकासियो ।रेनेसले सन् १९७१ पछि पहिलोपटक फ्रेन्च कप उपाधि जितेको हो । यो क्लबको इतिहासमा तेस्रो कप उपाधि हो । यता पीएसजी भने सन् २०११ यता पहिलो पटक फाइनलमा पराजित भयो । पछिल्लो सिजन क्वाटरफाइनलमा पराजित भएको पीएसजीले त्यसअघि लगातार ५ सिजन कप उपाधि जितेको थियो । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =