सिआइबीले लगायो नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

 

चैत्र २८, काठमाडौं । बालबालिका देखि युवा वर्गको मानसिक तथा शारिरीक स्वास्थ्यमा असर गर्ने भन्दै नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध लगाइएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ । 

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्नका लागि पत्र पठाइएको बताए ।  

null

लोकप्रिय खेल पब्जीले मानसिक समस्या निम्त्याएको भन्दै यसलाई तत्काल बन्द गर्नुपर्ने विश्वभर आवाज उठिरहेको बेला नेपालमा पनि विज्ञहरुले प्रतिबन्ध लगाउन सुझाएका थिए । पब्जीले बालबालिका र किशोरकिशोरीहरुमा हिंसाप्रति लगाब बढेको औल्याइएको थियो । 

‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) ज्यादा खेल्ने बालबालिकामा मानसिक असन्तुलनसमेत देखिएको भन्दै मनोचिकित्सकले समेत पब्जी माथी प्रतिबन्ध लगाउनु पर्ने बताउका थिए । 

२०१७ मा दक्षिण कोरियाको ब्लु होल भन्ने कम्पनीले सार्वजनिक गरेको अनलाइन खेल पब्जीमा एकै पटक ६ जनासम्मले युद्ध खेल खेल्न सक्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *