अन्तरिक्षमा नेपालको आफ्नै स्याटालाइट, नयाँ वर्षमा प्रक्षेपण गरिँदै

चैत २१, काठमाडौं । अब अन्तरिक्षमा नेपालको आफ्नै स्याटालाइट हुने भएको छ ।
जापानमा पढ्दै गरेका नेपाली विद्यार्थी आभाष मास्के र हरिराम श्रेष्ठले जापानमा रहेको क्यूसु इन्स्ट्च्यिूट अफ् टेक्नोलोजी क्यूटेकसँगको सहकार्यमा निर्माण गरेका ‘नानो स्याटालाइट’ वैशाख ४ गते भू–उपग्रहमा प्रक्षेपण गरिँदैछ ।
null
नानो स्याटालाइटलाई प्रक्षेपणका लागि अन्तिम रुप दिइएको नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट) ले जनाएको छ । स्याटेलाइट बनाउन सरकारले नास्टलाई एक करोड ८२ लाख रुपैयाँ दिएको जानकारी दिइएको छ ।
१३ सय ग्राम तौल भएको स्याटालाइट अन्तरिक्षमा पुगेर स्थान लिन जेठ पहिलो हप्तासम्म लाग्ने विज्ञान प्रविधि प्रतिष्ठान–नाष्टका प्रविधि विभागका प्रमुख प्राडा रविन्द्र ढकालले जानकारी दिए।
उनका अनुसार स्याटालाइटले तापक्रम, आद्रता, वायुमण्डलीय चापका साथै भौगोलिक अवस्थाको तथ्यांक दिनेछ। स्याटालाइट पृथ्वीको भू–मध्ये रेखालाई ९० डिग्रीको कोण बनाएर परिक्रमा गर्नेछ भने पृथ्वीको सतहभन्दा करिब ४ सय किलोमिटर माथि हुनेछ। यसको आयु ३ वर्षको हुनेछ ।
वैशाख ४ गते नेपालीस्याट-१, श्रीलंकाको राभना-१ र जापानको उगिसू भू-उपग्रह एकैचोटी प्रक्षेपण हुनेछ।








