विश्वकप क्रिकेट: अष्ट्रेलियाकाे टिम घोषणा, स्मिथ र वार्नर फर्किए

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले टिमको घोषणा गरेको छ । मे ३० तारिखदेखि इंग्ल्याण्डमा सुरु हुने विश्वकपका लागि अष्ट्रेलियाले एरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्वकपका लागि तय गरिएको टिममा स्टिभ स्मिथ र डेभिड वार्नर फर्किएका छन् । बल टेम्परिङको अभियोग लागेपछि १ वर्षे प्रतिबन्ध सकाएर उनीहरुलाई टिममा बोलाइएको हो । यसैगरी पिटर ह्यान्डस्कम्ब, एस्टन टर्नर र केन रिर्चडसनले टिममा स्थान बनाउन सकेनन् । त्यसैगरी मिचेल स्टार्क तथा जेइ रिचर्डसनले स्थान बनाउँदा जस हेजलवुड भने टिममा पर्न सकेनन् ।
null
टिममा कप्तान फिन्च सहित डेभिड वार्नर, स्टिभ स्मिथ, उस्मान खवाजा, शन मार्श, ग्लेन म्याक्सवेल, एलेक्स क्यारी (विकेट किपर), नथन कुल्टर नाइल, प्याट कमिन्स, नेथन लियोन, जेइ रिचर्डसन, मिचेल स्टार्क, मिचेल मार्श, मार्कस स्टोइनिस, एडम जाम्पा, जेशन बेरन्डर्फ रहेका छन् ।








