अन्तिम मिनेटमा बेन्जिमाले जिताए रियल मड्रिडलाई

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको रोमाञ्चक खेलमा रियल मड्रिड विजयी बनेको छ। आईतबार राति भएको खेलमा रियलले ह्युस्कालाई ३–२ गोल अन्तरले पराजित गरेको हो। 

रियलको जितमा करिम बेन्जिमाले खेल सकिन एक मिनेट अगाडी विजयी गोल गरे। 

रियलको घरेलु मैदानमा भएको खेलमा अग्रता भने ह्युस्काले लिएको थियो । तेस्रो मिनेटमै जुआन क्यामिलो हर्नाल्डेजले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । २५ औ मिनेटमा ईस्कोले गोल गर्दै खेल बराबरीमा ल्याए। 

null

६२ औ मिनेटमा ड्यानी सेबालोसले गोल गर्दै पुन रियललाई अग्रता दिलाएपनि ७४ औ मिनेटमा जाबियार एटक्सिटाले खेल बराबरीमा ल्याएका थिए । खेल सकिन एक मिनेट बाँकी छदाँ बेन्जिमाले गोल गर्दै रियललाई तीन अंक दिलाए।  

 

रियलको मुख्य प्रशिक्षकमा आएपछि जिनेदिन जिदानले दुवै खेलमा जित निकाल्न सफल भएका छन्। रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १२ अंकले पछाडी छ । 

तेस्रो स्थानको रियलले ५७ अंक जोडेको छ । ह्युस्का २२ अंक सहित तालिकाको पुछारमा छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =