टिप्परको ठक्करबाट एक युवाको मृत्युः आक्रोशित स्थानियबासीद्वारा टिप्परमा आगजानी

 

चैत्र २९, काठमाडौँ । आज बिहान नुवाकोटमा मोटरसाईकललाई टिप्परले ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ भने अर्का एक युवा घाईते भएको छ । 

टिप्परको ठक्करबाट विदुर नगरपालिका–२ का वर्ष २२ का दिवाकर खनालको मृत्यु भएको छ भने २४ वर्षका मुन्ना गुप्ता घाइते भएका हुन् । घाईते गुप्ताको स्थानीय हस्पिटलमा उपचार भईरहेको प्रहरीले बताएका छन् । 

null

बा ५ ख २८९८ को टिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई बिहान साढेसात बजे जिल्लाको बट्टार–४ मा ठक्कर दिँदा उक्त घटना भएको हो । उक्त घटनापछी आन्दोलनमा उत्रेका स्थानीयबासीले टिप्परमा तोड्फोड गर्नुका साथै टिप्पर जलाएका थिए । स्थानियबासीले चालकलाई कडा कारबाही हुनुको साथै पीडित परिवारलाई क्षतिपूर्तिको माग राख्दै बट्टार–गगंटे सडक खण्ड अबरुद्ध गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *