नास्टको तेस्रो तलामा भूउपग्रहको ग्राउन्ड स्टेसन बन्दै

ललितपुर, १६ वैशाख । नेपालको पहिलोपटक आफ्नै भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेपछि त्यहाँबाट प्राप्त सूचना, विभिन्न अनुसन्धनात्मक विषयहरूको जानकारी पाउने माध्यम ग्राउन्ड स्टेसन निर्माणको तयारी सुरु भएको छ । जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत अमेरिकाबाट ५ वैशाखमा ‘नेपाली क्युबसेट स्याट–१’ नामको भूउपग्रह प्रक्षेपण गरिएको हो । 

नेपाल विज्ञान तथा प्राविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०ले ग्राउन्ड स्टेसन निर्माण प्रक्रिया सुरु गरेको जनाएको छ । त्यसका लागि सामग्री खरिद गर्न गत साता मात्र बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाएको नास्ट प्रवक्ता डा। सुरेश ढुंगेलले जानकारी दिए । बोलपत्र आवेदन धमाधम आइरहेका छन्, अर्को साता बोलपत्र आवेदन मूल्यांकन गरेर ग्राउन्ड स्टेसन निर्माण सामग्री आपूर्ति गर्ने कम्पनीको निर्धारण गर्दै छौं,’ उनले भने, ‘सामग्री आपूर्ति गर्ने कम्पनीको निर्धारण भएपछि केही दिन हेर्छौं, सामान खरिद सार्वजनिक खरिद ऐनअनुसार गर्नुपर्ने हुन्छ ।’जेठको २० देखि २५ गतेसम्म ग्राउन्ड स्टेसनलाई आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू जुटाइसक्ने तयारी रहेको नास्टका प्रविधि संकाय प्रमुख डा। रवीनद्र ढकालले जानकारी दिए । ‘२१ दिने सूचना दिइसकेको र त्यसपछि १ साताको आशयपत्र दिने समयावधि हुन्छ । त्यसपछि खरिद गरेर ल्याउने कुरा भयो,’ उनले भने, ‘उपकरणहरू जडान गर्ने, फिक्स गर्ने काममा दुई÷तीन दिन मात्र लाग्ने भएकाले काम फटाफट हुन्छ ।छानिएको कम्पनीले १५ दिनभित्र हामीलाई सामग्री उपलब्ध गराउनेछ,’ उनले भने, ‘सामान आएको दुई÷तीन दिनमै ग्राउन्ड स्टेसनको काम धमाधम भएर सकिन्छ ।’ उनका अनुसार ललितपुरस्थित नास्ट भवनको तेस्रो तलामा ग्राउन्ड स्टेसन बन्नेछ भने एन्टिना छतमा राखिने तयारी छ । ‘१५ देखि २० दिनसम्ममा तयारी सुरु गर्ने लक्ष्य भए पनि सप्लाएरका कारण कहिले हुन्छ भनेर यसै भन्न सकिँदैन,’ उनले भने, ‘सामग्री जर्मन, अमेरिका, जापानबाट ल्याइनेछ ।’ जापानले ग्राउन्ड स्टेसन निर्माणका लागि नास्टका इन्जिनियर रोशन पाण्डेलाई तामिल दिइसकेको छ । उनले एक साता लामो तालिम लिइसकेका छन् ।‘भूउपग्रहसँग सञ्चार गर्न सक्ने ग्राउन्ड स्टेसन निर्माणका लागि १५ देखि २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । यसमा कम पनि लाग्न सक्छ,’ प्रवक्ता ढुंगेलले बताए । स्टेसनबाट नेपालसहित बड्र्स कार्यक्रममा जोडिएका अरू विभिन्न देशहरूका नानो भूउपग्रहसँग सञ्चार सम्पर्क स्थापित गर्न सकिने उनी बताउँछन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसबाट स्याटलाइट छाड्ने र हाम्रो ग्राउन्ड स्टेसन निर्माण सम्पन्न हुने समय एकै जस्तो हुने नास्टका प्रविधि संकाय प्रमुख डा। ढकालले जानकारी दिए । आजको राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =