बैशाखदेखि पेट्रोलियम पाइपलाइन सञ्चालन हुने

काठमाडौं, १९ चैत्र । बहुप्रतीक्षित मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बैशाख अन्तिमसम्ममा सञ्चालनमा आउने भएको छ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी भाडा वार्षिक झण्डै २ अर्ब रुपैयाँ कम हुने नेपाल आयल निगमका अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादव बताउछन् । सुरुवाती चरणमा डिजेलमात्र पाइपलाइनबाट ल्याइनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै ढुवानी लागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुने बताइएको छ । 

 

भारतीय सहयोगको यो परियोजना भारत सरकार स्वामित्वको भारतीय आयल कर्पोरेसन ९आइओसी० ले कार्यान्वयन गरिरहेको छ । ‘हाम्रो काम भनेको राइट अफ वे क्लीयरेन्स गरिदिने मात्र हो,’ परियोजनाका इञ्जिनियर शरद प्रसाद पौडेलले भने । निर्माणाधीन यो परियोजनाको नेपालतर्फ कुल ३६।२ किमीमध्ये ९ किलोमिटर जति पर्सा राष्ट्रिय निकुञ्ज र यससँगैको जंगल क्षेत्र पर्छ । बाँकी भागमा पाइपलाइन निर्माणको काम सम्पन्न भएपनि जंगल क्षेत्रमा काम शुरु गर्न माघ ३ को मन्त्री परिषद्ले निर्णय गरेपछि अहिले सो क्षेत्रमा धमाधम काम भइरहेको छ । 

null

जंगल क्षेत्रमा डेढ किमी पाइप लाइन गाड्ने काम भैसकेको छ । यो क्षेत्रमा पाइपलाइन निर्माण गरिसक्दा ६ हजार ५६३ रुख काट्नुपर्ने हुन्छ । रुख कटान र पाइप लाइन बिछ्याउने काम एकसाथ अघिबढिरहेको छ । पाइपलाइनबाट डिजेल आपूर्ति हुनेभएपछि अमलेखगन्ज डिपोले ३९००० किलोलिटरका दुई र ४१ हजार किलोलिटरका दुई इन्धन ट्यांकलाई पाइपलाइनबाट आपूर्ति हुँदा प्रेसर ‘दबाब’ थेग्न सक्ने गरी स्तरोन्नती गरिरहेको छ । दैनिक ४००० किलोलिटर डिजेल पाइपलाइनबाट आपूर्ति हुने अमलेखगञ्जका क्षेत्रीय प्रमुख यादवले जानकारी दिए । आजको अन्नपूणृ पोष्टमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *