विश्वकप क्रिकेट: वेष्ट इन्डिजको टोली घोषणा, रसेल टिममा फर्किए

एजेन्सी । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने एकदिवसीय विश्वकपका लागि वेष्ट इन्डिजको टोली घोषणा भएको छ । विश्वकपका लागि टोली घोषणा गर्ने अन्तिम टोली बनेको वेष्ट इन्डिजले बुधवार ज्यासन होल्डरको कप्तानीमा १५ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो ।
टोलीमा क्रिस गेल, आन्द्रे रसेल, कार्लोस ब्रेइथवेइट जस्ता चर्तित खेलाडी छन् । तर किरण पोलार्ड, सुनिल नारिन जस्ता खेलाडी भने अटाएनन् । हाल यी सबै खेलाडी इन्डियन प्रिमियर लिग आइपीएलमा खेलिरहेका छन् । यस्तै युवा खेलाडिहरु सिमरोन हेयतमार, ओसाने थोमस पनि टिममा अटाएका छन् ।
null
मे ३० देखि जुलाई १४ सम्म हुने १२ औँ संस्करणको विश्वकपमा १० टोलीले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछन् । यसअघि नै अन्य ९ टोलीले टिम घोषणा गरिसकेका छन् ।
यस्तो छ वेष्ट इन्डिजको १५ सदस्यीय टोली;Squad: Jason Holder (c), Andre Russell, Ashley Nurse, Carlos Brathwaite, Chris Gayle, Darren Bravo, Evin Lewis, Fabian Allen, Kemar Roach, Nicholas Pooran, Oshane Thomas, Shai Hope, Shannon Gabriel, Sheldon Cottrell, Shimron Hetmyer








