प्रभु बैंक लिमिटेडको नयाँ शाखा साँखुमा

बैशाख ८, काठमाडौं । प्रभु बैंक लिमिटेडको नयाँ शाखा काठमाडौंका साँखुमा विस्तार भएको छ । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले काठमाडौंको उत्तरपूर्वि क्षेत्रमा अवस्थित शंखरापुर न.पा. साँखुमा शाखा कार्यालय सञ्चालन गरिएको हो । 

 

उक्त शाखाको आज शंखरापुर न.पा.का मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरे । बैंकको साँखु शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संंघका पदाधिकारी, संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारीहरुको उपस्थिति रहेको थियो । 

null

कार्यक्रममा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा ब्यक्त गरे । 

उक्त कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैकले कृषि, उद्योग र पर्यटन क्षेत्रमा लगानी बढाउने उद्देश्यका साथ बिभिन्न सहुलियत पुर्ण कर्जाहरु प्रदान गर्दै आइरहेको हुँदा कृषि, उद्योग र पर्यटनको प्रचुर संभावना बोकेको साँखु क्षेत्रका स्थानिय बासिन्दाहरुलाई यस बैकबाट प्रदान गरीने बिभिन्न कर्जा सुविधा लगायतका अन्य अत्याधुनिक सेवाहरु उपभोग गरी लाभ लिन आग्रह गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *