आइपीएल: रोहितले पछारे धोनीको चेन्नाईलाई, मालिंगाले लिए ४ विकेट

एजेन्सी । आइपीएल टी–२० क्रिकेटमा रोहित शर्माको मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंगस माथि बाजी मारेको छ । शुक्रबार राति चेन्नाईको मैदानमा भएको खेलमा मुम्बईले घरेलु टिम चेन्नाई माथि जित निकालेको हो । 

नियमित कप्तान महेन्द्र सिंह धोनी र रविन्द्र जडेजा नखेलेको खेलमा मुम्बई ४६ रनले विजयी भएको हो । खेलमा १५६ रनको विजयी लक्ष्य पछ्याएको चेन्नाईले १७.४ ओभरमा १०९ रन बनाउन सकेको थियो । 

 

null

मुरली विजयले ३८, मिचेल सान्तनरले २२ र डयाने ब्राभोले २० रन बनाए । त्यस बाहेक कोही ब्याटस्म्यानले डबल डिजिटको रन जोड्न सकेनन् । लासिथ मालिंगाले ४ विकेट लिए । क्रुनाल पाण्डेया र जसप्रित बुमराहले २–२ विकेट लिए । 

यसअघि ब्याटिङ गरेको मुम्बईले म्यान अफ दि म्याच रोहित शर्माको ६७ रनको मद्धतमा ४ विकेटको नोक्सानीमा १५५ रन बनायो । एभिन लेविसले ३२, हार्दिक पाण्डेयाले नटआट २३, क्विन्टन डि ककले १५ र क्रुनाल पाण्डेयाले नटआउट १३ रन बनाए । 

अंक तालिकायो जितपछि ११ खेलबाट १४ अंक बटुलेको मुम्बई दोस्रो स्थानमा चढेको छ । सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स ११ खेलबाट १४ अंक सहित तेस्रो स्थानमा झरेको छ । १२ खेलबाट १६ अंकको चेन्नाई शीर्ष स्थानमा यथावत् छ । 

शनिबारको खेलशनिबार राति ८ः१५ बजे राजस्थान रोयल्सले जयपुरको घरेलु मैदानमा सनराइजर्स हैदराबादसंग खेल्दैछ । यो खेल जित्दा हैदराबाद १२ अंकसहित चौथो स्थानमै हुनेछ । यो परिणामले राजस्थान लगभग बाहिरिने पक्का हुनेछ । राजस्थानको जितले प्लेअफको सम्भावना जिवितै राख्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =