प्रिमियर लिग: कार्डिफलाई पराजित गर्दै म्यान्चेस्टर सिटी शिर्ष स्थानमा उक्लियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा म्यान्चेस्टर सिटी उक्लिएको छ । बुधबार राति भएको खेलमा घरेलु टोली सिटीले कार्डिफ सिटीलाई पराजित गर्दै शिर्ष स्थानमा उक्लिएको हो । केभिन डे ब्रुयन र लेरोय सानेले गोल गरेपछि सिटी २–० ले विजयी भएको हो ।
सिटीका लागि खेलको छैटौ मिनेटमा नै केभिनले गोल गर्दै अग्रता दिलाएका थिए । सुरुवाती समयदेखि नै बल आफ्नो पकडमा पारेको सिटीले खेलको ४४ औं मिनेटमा अर्को गोल थप्न सफल भयो । यो पटक भने सानेले गोल गरेका थिए ।
null
पहिलो हाफमा २–० गोलअन्तरले पछि परेको कार्डिफले दोस्रो हाफमा भने केही सुधारिएको प्रदर्शन गर्यो तर सिटीविरुद्ध गोल गर्न सकेन । जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीको ३२ खेलबाट ८० अंक भएको छ । यता, दोस्रो स्थानमा रहेको लिभरपुल भने सिटीसँग एक अंकले पछि परेको छ । लिभरपुलको समान खेलबाट ७९ अंक छ ।








