PUBG खेल्न नपाउँदा १६ वर्षीय किशोरले गरे आत्महत्या

 

चैत २४, काठमाडौं । १६ वर्षीय किशोरको अंग्रेजी परीक्षा चलिरहेको थियो । उनी अधिकांश समय पबजी खेलेरै बिताउँथे । पढाइमा ध्यान नदिइ पबजी खेलेरै दिन बिताउन थालेपछि उनलाई आमाले गाली गर्छिन् । 

आमाले गाली गरेपछि पबजीको लत बसेका उनले आत्महत्या गरे । भारतीय सञ्चार माध्यमका अनुसार भारतको दक्षिणी क्षेत्रका ती बालकले आमाले गाली गरेपछि हैदराबादमा रहेको आफ्नै घरको सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेका हुन् । 

null

किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । छोराले आत्महत्या गरेपछि बाबुले पबजी प्रतिबन्ध लगाउन माग गरेका हुन् । 

मध्य भारतीय राज्य गुजरातको केही शहरमा यो खेलमा यसअघि नै प्रतिबन्ध लगाइएको छ । धेरै विद्यार्थीहरुलाइै हिंस्रक र स्कुल जानबाट विमुख गरेको भन्दै पबजीलाई प्रतिबन्ध लगाइएको थियो । 

पब्जी दक्षिण कोरियाको कम्पनीले विकसित गरेको आनलाइन खेल हो, जसमा खेलाडीहरुलाई एक द्वीपमा लगेर छोडिन्छ र एकअर्कालाई खत्तम गर्नुपर्ने हुन्छ । यो खेल सन् २०१७ मा सुरु भएको थियो । गएको डिसेम्बरसम्म यसलाई २ सय मिलियनले डाउनलोड गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *