प्रिमियर लिग: आर्सनल र म्यानयू पराजित, लिभरपुल शीर्ष स्थानमा उक्लियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । कार्डिफ सिटीलाई २–० ले हराउँदै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । कार्डिफको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित स्थितिमा सकिएको थियो । ५७ औं मिनेटमा जर्जिन्हो विनाल्डमले गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो । 

 

विनाल्डमले ट्रेन्ट अलेक्सान्दर आर्नोल्डको पासको सदुपयोग गर्दै गोल गरेका थिए । त्यस्तै, ८१ औं मिनेटमा लिभरपुलले पेनाल्टी पायो । पेनाल्टीलाई जेम्स मिल्नरले गोलमा परिणत गर्दै लिभरपुललाई २–० को जित दिलाए । जितसँगै लिभरपुलले ३५ खेलबाट ८८ अंक बनाएको छ । प्रिमियर लिग तालिकामा म्यान्चेस्टर सिटी ८६ अंक सहित दोस्रो स्थानमा छ । 

null

 

यस्तै प्रिमियर लिगकै अन्य खेलमा आर्सनल र म्यानचेष्टर युनाइटेड पराजित भएका छन् । चौथो स्थानको आर्सनल घरेलु मैदानमै क्रिस्टल प्यालेससँग ३-२ ले पराजित हुँदा युनाइटेडलाई एभरटनले ४-० ले पराजित गर्यो । 

 

प्यालेसको जितमा क्रिस्टियन बेनटेक, विलफ्रड जाहा र जेम्स म्याकआर्थरले एक एक गोल गरेका थिए । भने, आर्सनलका लागि मेसुट ओजिल र पिएरे एमरिक ओवामेयाङले गोल गरेपनि हार टार्न सकेन । यस्तै, एभरटनलाई जित दिलाउन रिचार्लिसन, जिल्फी सिगुरसन, लुकास डिग्जे र थियो वालकोटले एक एक गोल गरेका थिए । 

 

हारपछि शीर्ष चारमा पर्ने आर्सनल र युनाइटेडको अभियानमा धक्का लाग्दा चेल्सीलाई भने फाइदा पुगेको छ । आर्सनल र चेल्सीको समान ६६ अंक छ । तर गोलअन्तरमा आर्सनल अगाडि छ । यस्तै ६४ अंकसहित युनाइटेड छैटौँ स्थानमा छ । सबै टिमले ३४ खेल खेलिसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =