आईपीएल: मुम्बइसँग हैदरावाद पराजित, जोसेफले डेब्यूमै तोडे १२ वर्ष पुरानो रेकर्ड

काठमाडौं, २४ चैत । इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गरेको छ । राजीव गान्धी अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा हैदरावादले टस जितेर बलिङको निर्णय गरेको थियो । 

सुरुवाती ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनायो । १३७ रनको लक्ष्य पछ्याएको हैदरावाद १७.४ ओभरमा ९६ रनमा अलआउट भयो । आईपीएलको जारी १२ औं संस्करणमा हैदरावादको टिम पहिलो पटक १०० रन बनाउन चुक्यो । उसले आफ्नो पहिलो खेलमा १८१, दोस्रो खेलमा २०१, तेस्रो खेलमा २३१ र चौथो खेलमा १३१ रन बनाएको थियो । 

 

null

हैदरावादका लागि दीपक हुड्डाले सबैभन्दा बढी २० रन बनाए । डेभिड वार्नरले १४ रन बनाए । उसका ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । मुम्बईका अलजारी जोसेफले ३.४ ओभरमा १२ रन दिएर ६ विकेट झारे । उनी म्यान अफ दि म्याच बने । 

आईपीएलमा कुनै पनि बलरको यो सर्वश्रेष्ठ प्रदर्शन हो । यसअघि यो रेकर्ड सोहेल तनवीरको नाममा थियो । उनले ४ मे सन् २००८ मा चेन्नाई सुपरकिंग्सविरुद्ध ४ ओभरमा १४ रन खर्चिएर ६ विकेट लिएका थिए । 

अलजारीको आईपीएलमा यो डेब्यू खेल थियो । आईपीएलको डेब्यू म्याचमै पहिलो पटक ६ विकेट लिने खेलाडी पनि बनेका छन् अलजारी । यसअघि एन्ड्र्यू टायले डेब्यू म्याचमा ५ विकेट लिएका थिए । टायले सन् २०१७ मा १७ रन खर्चिएर ५ विकेट लिएका थिए । अलजारीका साथै मुम्बईका लागि राहुल चाहले २ तथा जेसन बेहरेनडर्फ र जसप्रित बुमराहले १/१ विकेट लिए । 

मुम्बईका लागि किरोन पोलार्डले सर्वाधिक स्कोर बनाए । उनले २ चौका र ४ छक्काको मद्दतमा २६ बलमा अभिजित ४६ रन बनाए । त्यस्तै, कप्तान रोहित शर्माले १४ बलमा ११ रन, सूर्य कुमार यादवले ८ बलमा ७ रन र डिककले १८ बलमा १९ रन बनाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =