एफिल टावर अगाडी वर्षा र संजोगको रोमान्स

बैशाख १०, काठमाडौं । गत वर्षको फागुनमा लगनगाँठो कसेका नेपाली चलचित्र क्षेत्रका क्यूट कपल वर्षा राउत र संजोग कोइराला अहिले हनिमुन ट्रिपमा छन् । 

केही दिन अगाडि मात्र उनीहरु हनिमुन मनाउन फ्रान्स उडेका थिए । अहिले उनीहरु फ्रान्सको राजधानी पेरिसका रमणीय स्थानहरु धुमधाममा व्यस्त छन् । दुबैले धुमधामको क्रममा खिचिएका तस्वीरहरु सामाजिक सञ्जालमा साझेदार गरिरहेका छन् । 

अभिनेत्री वर्षाले पेरिस पुगेसँगै श्रीमान् संजोगसँगका केही रोमान्टिक तस्वीर आफ्नो आधिकारिक फेसबुकमा साझेदार गरेकी छन् । तस्वीरमा दुबै रोमान्टिक देखिएका छन् । एक तस्वीरमा वर्षालाई संजोगले अंगालोमा लिएका छन् । भने, दोस्रो तस्वीरमा वर्षाले संजोगलाई गालामा चुम्बन गरेकी छन् । दुबै तस्वीरको पृष्टभूमिमा एफिल टावर देख्न सकिन्छ । 

null

 

बैबाहिक जीवनमा बाँधिएको करीब डेढ महिनापछि उनीहरु हनिमुन ट्रिपमा निस्किएका हुन् । किनकि, विवाह लगत्तै अभिनेत्री वर्षा फिल्म ’जात्रै जात्रा’ को छायांकनमा व्यस्त हुनु परेको थियो । जात्रैजात्राको फिल्मको छायांकन पूरा भएलगत्तै श्रीमान् संजोगसँग उनी हनिमुनका लागि पेरिस उडेकी हुन् । विवाह पूर्व उनीहरु ७ वर्ष अफेयरमा थिए । 

गएको शुक्रवार त्रिभुवन विमानस्थलमा श्रीमान् संजोगसँग भेटिएकी वर्षाले हनिमुन ट्रिप करीब तीन साताको हुने बताएकी थिइन् । बैशाख २० मा आउने फिल्म ’दाल भात तरकारी’ को प्रमोसनमा सहभागी हुन नपाउने जानकारी गराउँदै उनले जेठ ३ मा रिलिज हुने फिल्म ’जात्रै जात्रा’ को प्रमोसनको बेला भने आफू काठमाडौं आइपुग्ने वाचा गरेकी छन् । 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *