गाउँपालिकाको कार्यालय परिसरमा बम विष्फोट

पाल्पा, ५ वैशाख । रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बिहीवार बम विष्फोट भएको छ । कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

विष्फोटबाट प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ । कार्यालयको झ्यालका सिसा फुटेका छन् । बिहीबार बिहान साढे एक बजेतिर भएको विस्फोट कस्ले र किन गराएको हो भन्ने बारे अहिलेसम्म खुलेको छैन् । यद्यपि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *