‘बालुवाटार प्रकरणमा दोषी देखिए सजाय भोग्न तयार छु’

 

बैशाख १६, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बालुवाटारको ललिता निवासको जग्गासम्बन्धी छानविन गर्न माग गरेका छन् । 

सोमबार प्रतिनिधि सभाको बर्खे अधिवेशनको बैठकमा बोल्दै बाबुराम भट्टराईले ललिता निवासको जग्गासम्बन्धी छानविन जरोसम्म जानुपर्ने भन्दै यदि आफू दोषी ठहरिए दण्ड भोग्न तयार भएको बताए । 

null

‘बालुवाटारको छानविन होस् । जरो उखेलियोस् । र म पनि दोषी देखिएको छु भने, मेरो संलग्नता देखियो भने म दण्ड भोग्न तयार छु।’ 

ललिता निवासको जग्गामा एक अर्कालाई आरोप प्रत्यारोप गरेर मात्र समस्या समाधान नहुने भन्दै यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने उनको भनाइ छ 

यस्तै खुल्ला मञ्च र टुँडीखेल अतिक्रमणलाई हटाउन सरकारले चालेको कदमप्रति धन्यवाद दिँदै उनले वाइडबडी, तारागाउँ, बुढी गण्डकीको छानविन गर्न माग गरे । 

फुटपाथ व्यापारीका लागि छुटै ठाउँको व्यवस्था गर्नुपर्ने उनले बताए । उनले निर्मलाका हत्यारा जोगाउनुले सरकारप्रति आशंका व्यक्त गरे । 

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले पृथकतावादी आन्दोलन गर्ने र राजनीतिक विषय उठाउने समूहलाई सरकारले उल्टो व्यवहार गरेको जिकिर गर्दै उनले भने, ‘‘विप्लव, सिके राउतलाई हेर्ने सरकारको दृष्टिकोण ठीक भएन । यसले समस्याका समाधान गर्न सक्दैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *