देउवाले बोलाएको बैठकमा किन गएनन् सिटौला ?

 

चैत २५, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले शेरबहादुर देउवाले बोलाएको शीर्ष नेताहरुको बैठक बहिस्कार गरेका छन् । 

१३ औं महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा समेत विभाग गठन हुन नसकेपछि त्यसमा सहमति जुटाउन सभापति देउवाले बुढानिलकण्ठस्थित आफ्नै निवासमा शीर्ष नेताको बेठक बोलाएका थिए । तर सिटौला उपस्थित भएनन् । 

null

कार्य सम्पादन समितिको बैठकमा किचलो उत्पन्न भएपछि सिटौलाले बैठक बहिष्कार गरेको बताइएको छ। सिटौला पक्षले भने नियमित स्वास्थ्य जाँचको कार्यक्रम रहेका कारण बैठकमा उपस्थित हुन नसकेको जनाएका छन्। 

देउवासहित बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय विमलेन्द्र निधी र विजय गच्छदार, महामन्त्रीद्धय डा शशांक कोइराला र पूर्णबहादुर खड्का र प्रवक्ता शर्मासहितका नेताहरु सहभागी भएको बताइएको छ। 

बिहान ८ बजेदेखि जारी बैठकमा कार्य सम्पादनसहित केन्द्रीय विभागहरुको गठनको विषयमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

यसअघि शुक्रबार साँझ बसेको बैठकमा कार्य सम्पादन समितिमा रहने सदस्यहरुको भागवण्डामा कुरा मिलेको थिएन। शनिबारका लागि बोलाइएको केन्द्रीय समितिको बैठक पनि भागवण्डामा सहमति नजुटेपछि स्थगित गरिएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *