बुटवलमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

रुपन्देही, १९ चैत्र । बुटवलमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटवलको औद्योगिक क्षेत्र नजिकै लु २ ख २२२५ नम्बरको टिप्परले लु २२ प ४९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुटवल बहुमुखी क्याम्पसमा उपप्राध्यापक ५० वर्षीय डोलराज अर्यालको मृत्यु भएको हो । 

 

बुटवलबाट देवदह–४ मा रहेको घरतर्फ जाने क्रममा अर्याललाई सोमबार बेलुका टिप्परले ठक्कर दिएको थियो । अर्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *