आइपिएल: सन्दीप बिनाको दिल्लीको शानदार जित, ऋषबको पारीले रहाने ओझेलमा

काठमाडौं, १० वैशाख । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सोमबार राजस्थान रोयल्सलाई पराजित गर्दै लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । राजस्थानलाई छ विकेटले पराजित गरेसँगै शीर्षस्थानको चेन्‍नईलाई उछिन्दै दिल्ली एक नम्बरमा स्थान बनाउन सफल भएको हो । 

त्यसैगरी राजस्थान लिग तालिकाको सातौं नम्बरमा छ । जयपुरस्थित सवाई मानसिंह स्टेडियममा सोमबार भएको खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले राजस्थानलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले दिएको १ सय ९२ रनको लक्ष्य दिल्लीले १९ ओभर २ बलमा मात्र ४ विकेट गुमाएर पुरा गरेको हो । 

 

null

दिल्लीको जितमा ऋषब पन्त र शिखर धवनले अर्धशतकीय पारी खेले । अविजित रहेका ऋषबले ७८ रनको योगदान दिए भने धवनले ५४ रन जोडे । पृथ्वी शले ४२ रन बनाए । यसअघि राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । 

राजस्थानका लागि अजिंका रहानेले एक सय ०५ रनको शतकीय पारी खेलेका थिए । अविजित रहेका रहानेले ६३ बलमा ११ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान स्टिभ स्मिथले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा स्टुवार्ड बिनीले १९ रन बनाए । दिल्लीका कागीसो राबडाले २ विकेट लिए । यस्तै इशान शर्मा, क्रिस मोरिस र अक्षर पटेलले १/१ विकेट लिएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =