बिराट कोहलीको बैंग्लोरको लगातार तेश्रो हार, हैदरावादको सानदार जित

 

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा सनराईजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई फराकिलो अन्तरले पराजित गरेको हो । आईतबार भएको खेलमा हैदरावादले बैंग्लोरलाई १ सय १८ रनले हराएको हो ।२ सय ३२ रनको लक्ष्य पछ्याएको बैंग्लोरले १९ दशमलव १ ओभरमा अलआउट हुदै १ सय १३ रन मात्र बनाउन सक्यो । कोलिन डि ग्रान्डहोमले ३७ रन जोड्नु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । 

ओपनर पार्थिव पटेल ११ रनमा आउट भएको खेलमा ६ ब्याट्सम्यानले दोहोरो स्कोर छुन सकेनन् । कप्तान विराट कोहली ३ रनमा आउट भए । एबीडी भिलियर्स १ रनमा पोविलियन फर्किएका थिए ।हैदरावादका मोहमद नाबीले ४ तथा सन्दिप शर्माले ३ विकेट लिए । 

null

यसअघि हैदरावादस्थित राजिब गान्धी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभरमा २ विकेट गुमाएर २३१ रन बनायो ।हैदरावादको फराकिलो स्कोरमा जोनी बेष्ट्रो र डेभिड वार्नरले शतकीय इनिङस खेले । पहिलो विकेटको लागि बेष्ट्रो र वार्नरले १ सय ८५ रनको साझेदारी गरेपछि हैदरावादले विशाल लक्ष्य खडा गरेको थियाे । उक्त साझेदारी आईपीएल इतिहासकै ठुलो स्कोरको साझेदारी हो । 

बेष्ट्रोले १२ चौका र ७ छक्काको मद्दतले ५६ बलमा १ सय १४ रन बनाउँदा वार्नरले ५ चौका र ५ छक्काको मद्दतले १०० रनमा अविजित रहे । बैंगलोरका लागि युजभेन्द्र चाहालले एक विकेट लिए । 

हारले कप्तान कोहलीमाथि दबाब थपिएको छ । सुरुवातै तीनै खेलमा टिमले लज्जास्पद हार ब्यहोरेको छ । तालिकाको पुछारमा रहेको बैंग्लोरले अंक जोड्न सकेको छैन । शीर्ष स्थानको हैदरावादले ४ अंक जोडेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *