चितवनमा एकै दिन ३१९ जनाले जनाले गरे रक्तदान

 

चैत २४ गते । पूर्वी चितवनको रत्ननगर र खैरहनीमा शनिवार आयोजित रक्तदान कार्यक्रममा उल्लेख्य सहभागीतामा कार्यक्रम भएको छ । विभिन्न संस्थाले छुट्टा छुट्टै रुपमा गरेको कार्यक्रममा ३ सय १९ जनाले रक्तदान गरेका छन् । 

रगतको अभावलाई मध्यनजर गरी रोटरी क्वल अफ रत्ननगर,रोट्याक्ट क्लव अफ रत्ननगर र इन्ट्याक्ट कल्व अफ स्काइराइडरको सयुक्त आयोजनामा गरिएको कार्यक्रममा २५७ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक विपिन पोखरेलले जानकारी दिए । रोटरी क्लव अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, रोटरीका असिस्टेन गर्भनर रमेशकुमार श्रेष्ठ र कार्यक्रम संयोजक पोखरेलले ब्लड व्याग रक्तदातालाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । 

null

 

यस्तै नेपाली काग्रेश खैरहनी नगर समितिले शनिवार रक्तदान कार्यक्रमसंगै भित्तेपात्रो विमोचन गरेको छ । नगर समितिले खैरहनीका स्वर्गिय वडाध्यक्षहरु नरेन्द्रनाथ अधिकारी र विश्व विजय वस्नेतको पुण्यतिथीको अवसरमा रक्तदानसंगै भित्तेपात्रो विमोचन गरेको हो । रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको नगर समिति सदस्य सुर्दशन सुवेदीले जानकारी दिए । 

सोही अवसरमा नयाँ वर्ष २०७६ सालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो । नेपाली काग्रेशका केन्द्रिय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा तथा खैरहनी नगर समिति सभापति शशि कुमार खनियाको अध्यक्षतामा कार्यक्रम भएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *