आईपीएल: कार्तिकको पारी लागेन काम, कोलकाता राजस्थानसँग पराजित

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । हिजो राति सम्पन्न खेलमा राजस्थानले कोलकत्ता नाइट राईडर्सलाई ३ विकेटले पराजित गरेको हो । 

इडेन गार्डेन स्टेडियममा बिहिबार भएको खेलमा कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो । राजस्थानका लागि रियान परागले सर्वाधिक ४७ रन बनाए । यस्तै, अजिंका रहानेले ३४ रन जोड्दा सन्जु सामसनले २२ रन बनाए । जोफ्रा अर्चार २७ रनमा अविजित रहे । 

 

null

कोलकत्ताका पियुस चावलाले ३ तथा सुनिल नारिनेले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । कोलकत्ताका लागि कप्तान समेत रहेका दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रनको योगदान दिएका थिए । 

यस्तै नितेश रानाले २१ रन जोड्दा सुबमान गिल र आन्द्रे रसेलले १४/१४ रन बनाए । राजस्थानका भरुण आरोनले २ विकेट लिए । यो जितसंगै राजस्थानले कोलकत्तासंग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस सिजनको पहिलो भेटमा कोलकत्ताले राजस्थानलाई ८ विकेटले पराजित गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *