नेपाल पुलिसको लगातार तेश्रो जीत

 

चैत २६, चितवन । नेपाल पुलिस क्लबले चितवनको रत्ननगरमा जारी अन्तराष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा लगातार तेश्रो जीत हात पारेको छ । 

मंगलबार भएको खेलमा पुलिसले आयोजक पञ्चरत्न युवा क्लबलाई २४–१४,२५–२२ र २५–२० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेश्रो जित हात पारेको हो । 

null

मंगलबार नै भएको अर्को खेलमा बंगलादेशको टाईटस क्लब विजयी भयो । बंगलादेशले प्रदेश नम्बर ३ लाई २५–१८,२५–१७ र २५–१३ को सेटमा पराजित गरेको प्रतियोगिताका संयोजक बरुणबाबु घिमिरेले जानकारी दिए । 

प्रतियोगितामा विभागीय तीन टिमसहित, बंगालदेशको टाईटस, भारतको रेल्वे स्टेशन, प्रदेश नम्बर ३ र आयोजक टिम सहभागी छ । 

प्रतिोगिताको विजेताले ३ लाख ट्रफी र उपविजेताले १ लाख ५० हजारसहित ट्रफी प्राप्त गर्नेछ । लिगका आधारमा खेलाईएको प्रतियोगिता चैत २८ गते सम्म चल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *