च्याम्पिन्स लिग: मेस्सीको अगाडी निरिह बन्यो म्यानचेस्टर यूनाइटेड

एजेन्सी । यूरोपियन च्याम्पिन्स लिगको सेमिफाइनलमा बार्सिलोना प्रवेश गरेको छ । क्वार्टरफाइनलको दोस्रो लेगमा लियोनल मेस्सीबाट प्रेरित बार्सिलोनाले म्यानचेस्टर यूनाइटेडमाथि ३-० को जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । हारसँग म्यानचेस्टर प्रतियोगिताबाट बाहिरिएको छ । 

 

बार्सिलोनाले यूनाइटेडलाई समग्रमा ४-० ले पराजित गर्‍यो । पहिलो लेगमा बार्सिलोनाले यूनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको थियो । घरेलु मैदान नेउ क्याम्पमा भएको दोस्रो लेगमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई तथा फिलिप्पे कौटिन्होले एक गोल गरेका थिए । 

null

 

लियोनल मेस्सीले १६ औं मिनेटमा बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ४ मिनेट पछि नै मेस्सीले दोस्रो गोल गरे । यस्तै ६१ औं मिनेटमा कौटिन्होले तेस्रो गोल गर्दै यूनाइटेडलाई रित्तो हात घर फर्काए । 

 

 

बार्सिलोनाले सेमिफाइनलमा अब लिभरपुल वा पोर्टोको विजेतासँग खेल्नेछ । २०१४/१५ को सिजनपछि बार्सिलोना पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 6 =