सिरी ‘ए’: रोनाल्डोले गोल गरेपछि युभेन्टस हारबाट जोगियो
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
एजेन्सी । सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गरेसँगै युभेन्टस इटालियन सिरी ‘ए’ मा हारबाट जोगिएको छ । युभेन्टस इन्टर मिलानसँग १–१ गोलको बराबरीमा रोकिएको हो । इन्टर मिलानले घरेलु मैदानमा शनिबार राति भएको खेलमा सातौ मिनेटमा राज्दा नेइङगोलानको उत्कृष्ट गोलबाट खेलमा अग्रता लिन सफल भएको थियो । उनले माटियो पोलिटानोको पासमा गोल गरेका थिए ।
खेलमा इन्टर मिलानले युभेन्टसलाई दवावमा राख्न सफल भएपनि दोस्रो हाफमा रोनाल्डो चम्कदा बराबरी खेल्न बाध्य बन्यो । रोनाल्डोले ६२ औं मिनेटमा मिरालेम प्यानिचको पासमा बराबरी गोल फर्काए । रोनाल्डोको यो करियरकै ६०० औं गोल पनि हो ।
null
त्यसपछि थप समयमा गोल हुन नसकेपछि खेल १–१ गोलको बराबरीमा रोकियो । खेल बराबरीसँगै युभेन्टसको ३४ खेलबाड ८८ अंक पुगेको छ । इन्टर मिलान समान खेलबाटै ६२ अंकका साथ तेस्रो स्थानमा छ । नेपोली ६७ अंकसहित दोस्रो स्थानमा छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)