हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाइनलमा

 

बैशाख १४, काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगितामा हङकङलाई पाखा लगाउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । 

शनिबार भएको खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । 

null

थाइल्याण्डको चियाङमाईमा हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । 

नेपालका लागि आशिष भट्टराईले १७ रन बनाए । यस्तै रोहन दुदराज बिकले १४, कृष्ण कार्की १२, दिपक बोहोराले ११, सुवाष आएरले १० रन बनाए । हङकङका ब्रिज नरेन सिवपुरीले ३ तथा आहान खान्हाई त्रिबेदीले २ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ३२ ओभर २ बलमा अलआउट हुँदै ८६ रनमा समेटिएको थियो । हङकङका लागि आरुश भगतले सर्वाधिक ४३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । हङकङलाई सस्तैमा समेट्न निखिल कुमार सिंहले ४ विकेट हात पारे । यस्तै विशाल कुमार पटेल र रमेश कुर्मीले समान २र२ विकेट तथा तिलक राज भण्डारीले १ विकेट हात पारे । 

साविकको विजेता समेत रहेको नेपालले अब उपाधिका लागि मलेसियासंग आइतबार खेल्नेछ । अघिल्लो संकरणमा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधि जितेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =