अन्तराष्ट्रिय भलिबलको उपाधिका लागि आर्मी र पुलिस भिड्दै
चितवन, २८ चैत्र । चितवनको रत्ननगरमा जारी प्रथम मेयर कप अन्र्तराष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको उपाधिका लागि आज बिहीवार नेपाल पुलिस क्लब र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुदैछ । चिरप्रतिद्धन्द्धी दुवै विभागिय टिम उपाधि आआफ्नो पक्षमा पार्ने धुनमा छन् ।
वैरिया माध्यमिक विद्यालयको चौरमा विहान १० बजेपछि खेल सुरु हुने छ । पञ्चरत्न युवा क्लवको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख रुपैयासहित ट्रफी र उपविजेताले १ लाख ५० हजार सहित ट्रफी प्राप्त गर्ने छ ।
null
प्रतियोगिताको सेमीफाईनलमा पुलिस क्लवले भारतको रेलवे स्टेशनलाई र नेपाल आर्मीले वंगलादेशको टाईटस क्लवलाई पराजीत गर्दै फाईनलको यात्रा तय गरेका हुन् । प्रतियोगितामा नेपाल पुलिस, नेपाल आर्मी, भारतको रेलवे स्टेशन, बंगलादेशको टाईटस क्लव संगै शशस्त्र प्रहरी बल, प्रदेश नम्वर ३ र आयोजक पञ्चरत्न युवा क्लवलाई दुई समुहमा विभाजन गरि प्रतिस्पर्धा गराईएको थियो ।