ओपोद्वारा एफ ११ प्रो सार्वजनिक, लो लाइट फोटोग्राफीमा नयाँ आयाम र उचाई

 

बैशाख १०, काठमाडौं । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफसिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक बृहत् समारोहको आयोजना गर्दै आपो एफ ११ प्रो सार्वजनिक गरेको हो । 

कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नवप्रबर्तनात्मक प्रविधि फोनमा समाहित छन् । एफ ११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन पनि उपलब्ध गराइएको छ । एफ ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई चहकिला रंगमा उपलब्ध छ । 

null

मूल्य तथा उपलब्धता 

एफ ११ प्रोका लागि आयोजित बृहत् सार्वजनिक समारोह मार्फत् कम्पनीले एफ ११ र एफ ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसन पनि सार्वजनिक गरेको छ । ‘ओप्पो एफ ११ प्रो’ को बजार मूल्य ४७ हजार ९ सय ९० रुपैयाँ छ भने ‘ओप्पो मार्बेल्स’ को बजार मूल्य ४९ हजार ९ सय ९० रुपैयाँ रहेको छ। 

समारोहमा दिइएको जानकारी अनुसार सबै फोनका लागि अप्रिल २३ देखि २८ सम्म प्रि–अर्डर अवधि तोकिएको छ । सार्वजनिक सबै फोनहरु अप्रिल २९ देखि सर्वत्र बजारमा उपलब्ध हुनेछन् । 

सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेट तिर 

विश्वभरका यूवामाझ लोकप्रिय, सेल्फी एक्स्पर्ट तथा लिडर ओपो, आफ्ना उपभोक्तालाई उत्कृष्ट तस्विर मार्फत् आफ्नो तथा आफ्ना वरपरका जगतप्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत/सेयर गर्न नवप्रबर्तन उपलब्ध गराउन सदैव प्रतिबद्ध रहेको ओपोले जनाएको छ । 

ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिक लोकप्रिय फञ्सनका रुपमा लिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत् उपलब्ध गराएको थियो । 

समयसँगै ओपोले यसमा निरन्तर परिस्कृतिकरण गर्दै क्रान्तिकारी सेल्फी प्रविधि तथा फ्रन्ट क्यामेरामा नवप्रबर्तन उपलब्ध गराउँदै गएको थियो । 

सेल्फी कलालाई दृष्टिगत गर्दै पस्किएका यी नवप्रबर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापित गर्यो भने वैश्विक रुपमै एक सर्वाधिक लोकप्रियता तथा रुचाइएको ब्राण्डको पहिचान पनि दिलायो । फोनको उत्कृष्ट सेल्फी फोटोग्राफी उपभोक्ता माझ लोकप्रिय हुनुका साथै यसैले ओपोको स्थान बजारमा दरिलो बनाउँदै वास्तविक सेल्फी एक्स्पर्टका रुपमा पनि उभ्यायो । 

 

निरन्तर नवप्रबर्तनतिर अग्रसर हुँदै कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थ अफ फिल्ड ईफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनको साथमा उपलब्ध गरायो । एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमा थप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ ११ सिरिजले एफ सिरिजलाई थप नयाँ उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापित गर्न कम्पनी अग्रसर देखिएको छ ।  

४८ एमपी अल्ट्रा–क्ल्यिर ईमेज + कमप्रकाशभएका स्थानमातस्विरका लागि अल्ट्रा–क्लियर नाइट मोड 

ओपोको शक्तिशाली क्यामेरा प्रविधि सुसज्जित एफ ११ र एफ ११ प्रो दुबैमा एफ सिरिज अन्तर्गतको सर्वाधिक अत्याधुनिक क्यामेरा प्रणाली उपलब्ध छन् । विशेष परिस्कृत रियर क्यामेरा सहितका ओपो एफ ११ र एफ ११ प्रोमा अल्ट्रा–हाई स्ट्याण्डर्ड ४८ एमपी+५एमपी डुअल रियर क्यामेरा प्रणाली जडान गरिएको छ । 

साथै पर्याप्त प्रकाशका लागि यसमा एफ १.७९ एपर्चर, बल बियरिङ क्लोज्ड लुपभीसीएम, ६ पी लेन्स र १/२.३ ईञ्च ईमेज सेन्सर्स पनि जडान गरिएका छन् । दिनको उज्यालोमा यी उपकरणले सहजै ४८ एमपी अल्ट्रा एचडी तस्विर खिच्न सक्छन् । कम प्रकाश भएका स्थानमा एफ ११ को टेट्रा सेल प्रविधिले चार एड्जासेन्ट पिक्सेलद्वारा संकलित डाटाको परिक्षण र सम्मिश्रण पश्चात् १.६ माइक्रोमिटर बराबरको संयुक्त पिक्सेल निर्माण गर्छ । यसले फोटो सेन्सिटिभ पिक्सेलको आकारलाई दोब्बर बनाइ थप चहकिलो र कमन्वाइज सहितका नाइट पोट्रेट खिच्न सघाउँछ । 

कार्यक्रममा ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘मोबाइल फोटोग्राफी मै क्रान्ति ल्याएको ब्राण्डका रुपमा ओपो एफ ११ प्रोले अब आउने ब्रिलियण्ट पोट्र्रेट फोटोग्राफीको यूगमा अग्रणी भुमिका निर्वाह गर्नेमा हामी विश्वस्त छौँ । उत्कृष्ट ४८ एमपी डुअल रियर क्यामेरा र स्मार्टफोन उद्योगकै उत्कृष्ट प्रविधिहरुको समायोजन मार्फत् उपभोक्तालाई प्रकाशको अवस्थाको कुनै बन्देज विना सर्वोत्कृष्ट पोट्र्रेट उपलब्ध गराउनु र प्रयोग मैत्री अनुभव मार्फत् तिनको मन जित्ने हाम्रो उद्देश्य हो । साथै, प्रयोगकर्तालाई प्राकृतिक ग्राडियण्ट डिजाइन मार्फत उत्कृष्ट लुक्स तथाफिल सहितको फोन उपलब्ध गराउने प्रयास गरेका छौँ ।’ 

 

एफ ११ र एफ ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ, विशेष स्मार्टफोन फोटोग्राफी कै लागि विकसित ओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन उपलब्ध गरिएको छ । यो प्रणालीले स्वचालित रुपमा खिच्न लागिएका दृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसँग मिलान गर्छ । 

यस्तै ओपो एफ ११ प्रोमा लोकप्रिय खेलहरुलाई सहज रुपमा सञ्चालन गर्न सकियोस् भन्ने सोचका साथ कलर ओएस ६ उपलब्ध गरिएको छ । फोनमा बोर्डरलेस एस्थेटिक्सको अवलम्बन मार्फत् स्मार्टफोनको डिजाइनलाई एक सुन्दर आयाम दिने प्रयास गरिएको छ । साथै, ओपो क्लाउड सुविधामार्फत प्रयोगकर्ताले डाटा सञ्चयकालागि ५ जीबी सम्मफ्रि स्पेसपनि पाउँछन् । 

त्यसैगरी, ग्राडियण्ट कलर डिजाइन सहितको ओपो एफ ११मा ६.५ ईञ्च पानोरामिक स्क्रिन, ४ जीबी ¥याम + १२८ जीबी रोम उपलब्ध गरिएको छ । एफ ११ माभोक फ्ल्यास चार्ज ३.० का साथमा ४८ एमपी+५एमपी डुअल रियर क्यामेरा र १६ एमपी फ्रण्ट क्यामेरा सुविधा छ । स्मार्टफोनमा ४०२० एमएएच ब्याट्रीका साथमा स्मार्टर र थपक्षमता सहितको कलर ओएस ६ पनि उपलब्ध गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =