नेपालले कुवेतलाई हरायो, तर विश्वकप खेल्न पाएन

 

बैशाख ५, काठमाडौं । मलेसियामा जारी यू–१९ विश्वकप छनोट अन्तर्गतको पाँचौँ खेलमा नेपालले कुवेतलाई हराउँदै जित हात पारेको छ । क्वालालम्पुरस्थित किनरारा ओभलमा बिहीबार भएको खेलमा कुवेतलाई ६ विकेटले पराजित गर्दै नेपालले जित हात पारेको हो । 

कुवेतले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । 

null

नेपालका लागि रित गौतम र पवन सर्राफले अर्धशतकीय इनिङ्स खेले । रितले ६२ रन, वनले ५३ रन र आसिफ शेखले अविजित ३३ रन बनाए । 

कुवेतका अब्दुल शादिक र हमुद अमनउल्लाहले १/१ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेत १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५७ रनमा समेटियो । 

कुवेतका लागि नोमन बुद्रोले ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै गोकुल कुमारले ३६ रन जोड्दा हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाए । 

नेपालका कप्तान रोहित कुमार पौडेलले ३ विकेट लिए भने कुशल मल्ल, सुर्य तामाङ र राशिद खानले समान २/२ विकेट लिए । 

अघिल्ला ४ खेल मध्ये ३ खेलमा नेपालले जित हात पारको थियो। पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रन र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो । यस्तै चौँथो खेलमा ओमानलाई १ सय ५० रनले पाखा लगाउँदै जित हात पारेको थियो । दोस्रो खेलमा भने नेपाल युएईसँग १ रनले पराजित भएको थियो । 

यूएईसँग पराजित हुनु नै नेपालका लागि घातक बन्यो । नेपालले कुवेतविरुद्ध जित हात पारेपनि विश्वकप खेल्ने अवसर गुमाएको छ । 

जारी विश्वकपको एसिया छनोटबाट अपराजित रहँदै युएई १० अंकका साथ विश्वकपमा छनोट भएपछि नेपाल विश्वकपमा छनोट हुन असफल भएको हो । 

६ टोली सहभागी प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा रहने टोली सन् २०२० मा दक्षिण अफ्रिकामा हुने विश्वकपमा छनोट हुने प्रावधान छ। 

वर्षाले खेल बिथोलिएपछि दोस्रो खेलमा नेपाल डिएल म्याथडका आधारमा युएईसँग एक रनले पराजित भएको थियो। यूएई विरुद्धको खेलमा मौसमले साथ नदिँदा नेपालले हार व्यहोर्नु परेको हो । उक्त पराजयपछि अंक तालिकामा नेपाल पछि परेको हो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *