एनआई सी एशिया बैंकद्वारा श्रद्धाञ्जली

चैत्र २९, काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडका संस्थापक दिवाकर गोल्छा को चैत्र २७ भएकाे  असामयिक निधनले यस बैंकका परिवार स्तब्ध हुनुका साथै मर्माहत समेत भएकाे छ ।  

उनको असामयिक निधनले यस बैंक परिवार लगायत समग्र देशको बैंकिङ, औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई नै अपूरणीय क्षति पुगेको छ । बैंकले जनाएकाे छ ।  

उनी उद्योग वाणिज्य महासंघका पूर्व प्रथम उपाध्यक्ष हुनुका साथै संविधानसभाका पूर्व सभासद पनि थिए । यस बैंकलाई सबल र सक्षम बनाई यस अवस्थामा ल्याई पुर्याउने कार्यमा उनको योगदान रहेकाे छ । 

null

यस दुःखद घडीमा यस बैंकले श्रद्धाञ्जली व्यक्त गर्नुकाे साथै  शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *