धर्म निरपेक्षता हाम्रो माग थिएन, कहाँबाट आयो थाहा छैनः नेकपा नेता शर्मा
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
बैशाख २, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले सबै दलको मुख्य एजेण्डा समृद्ध मुलुक बनाउनु र राष्ट्र निर्माण गर्नु भएको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा नेता शर्माले यस्तो बताएका हुन् ।
null
‘कुनै पनि पार्टीले धर्मलाई बोकेर हिँड्नु हुँदैन । सत्ता प्राप्तिका लागि धर्मलाई एजेण्डा बनाएपनि भोलि सरकारमा हुँदा मिलाउन गाह्रो हुन्छ,’ कार्यक्रममा उनले भने, ‘धर्म, भाषा र जात अत्यन्तै संवेदनशील कुरा हुन् । यसबारेमा विचार पुर्याउनुपर्छ ।’
१२ बुँदे शान्ति सम्झौतापछि आफ्नो पार्टी सरकारमा आउनुपूर्व नै धर्म निरपेक्षता बनाइएको जिकिर गर्दै नेता शर्माले धर्मनिरपेक्षता आफूहरुको माग नभएको दाबी गरे ।
पत्रकार सम्मेलनमा उनले पहिलो वर्ष आधार वर्ष भएको भन्दै आगामी वर्षमा वर्तमान सरकारले राम्रो काम गर्ने बताए ।
मुलुकमा विकास र समृद्धि ल्याउनका लागि सबै पार्टीहरु एकजुट हुनुपर्ने उनको भनाइ छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)