इटहरी इन्टरनेशनल कलेजमा स्प्रिङ कार्निभल हुँदै, दिपक बज्राचार्यको प्रस्तुति हुने

चैत १९, काठमाडौँ । मोरङ सुन्दरहरैचा स्थित इटहरी इन्टरनेशनल कलेजमा गायक दिपक बज्राचार्यको कार्यक्रम हुने भएको छ ।
हरेक बर्ष आयोजना हुने स्प्रिङ कार्निभलमा दिपक बज्राचार्यका साथमा रिदम ब्याण्डको प्रस्तुति रहनेछ ।
चैत्र २६ गते आयोजना हुने उक्त कार्यक्रममा इटहरी इन्टरनेशनल कलेजका साथै विराटनगरको मेरिल्याण्ड कलेजका विद्यार्थीको पनि प्रस्तुति रहने जनाइएको छ । कार्निभलमा खानाका स्टल, विभिन्न खेलका साथै सांगीतिक मनोरञ्जन लगायतका कार्यक्रम हुने जानकारी दिइएको छ ।
null
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा अन्तर्राष्ट्रिय स्तरको पढाइ हुँदै आएको छ । बेलायतको आइटीका साथै बिजनेस डिग्री पनि सर्वशुलभ शुल्कमा हासिल गर्न सकिनेछ ।
इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा हाल पूर्वमा इटहरी इन्टरनेसनल कलेज र मेरिल्याण्ड कलेज सञ्चालनमा छन् भने इस्लिंग्टन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं र इन्फोम्र्याटिक्स कलेज पोखरा पनि सञ्चालनमा रहेका छन् ।








