चन्द्रागिरी नगरपालिकाद्वारा आपतकालीन दैवीप्रकोप उद्धार सामग्री हस्तान्तरण

 

बैशाख ११, काठमाडौं । चन्द्रागिरी नगरपालिकाले विपद् व्यवस्थापनका लागि आपतकालीन दैवीप्रकोप उद्वार सामग्री प्रहरीलाई हस्तान्तरण गरेको छ । 

राजधानीको चन्द्रागिरी नगरपालिका स्थित महानगरीय प्रहरी वृत्त थानकोटमा एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख बसन्त कुमार लामालाई दैवीप्रकोप उद्धार सम्बन्धी सामग्रीहरु हस्तान्तरण गरेका हुुन् । 

null

कार्यक्रममा समुदाय प्रहरी साझेदारी अन्तर्गत नगरपालिकाको करिब ८ लाख बजेटमा पहिलो फेजमा जडान गरिएको अत्याधुनिक सिसिटिभि उद्घाटन समेत गरिएको छ । 

 

कार्यक्रममा बोल्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले प्रहरी सेवालाई प्रभावकारी बनाउँदै राजधानीबासीलाई शान्ति सुरक्षाको महसुस दिलाउने कामहरु भइरहेको बताए । 

काठमाडौंको शान्ति सुरक्षालाई चुस्त दुरूस्त पार्न कुनै पनि कसर बाँकी नराख्ने दाबी गर्दै प्रहरी प्रमुख लामाले भने, ‘मेरो प्राथमिकता भनेकै प्रहरीले काम गर्दैन भन्ने कुरालाई मेटाउँदै प्रहरी पनि छ है भन्ने महसुस दिलाउनु हो ।’ 

भविष्यमा हुन सक्ने दैविक प्रकोप उद्धार सम्बन्धी सामग्रीहरु प्रहरीलाई प्रदान गरेकोप्रति नगरपालिकालाई धन्यवाद दिँदै उनले दैविक प्रकोप उद्धार तालिम प्राप्त प्रहरीहरुलाई थप सहयोग मिल्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा महानगरी प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले समुदाय प्रहरी साझेदारी अन्र्तगत नगरको शान्ती सुरक्षा, उद्धार र भवितव्यमा प्रहरीहरु सधै तैनाथ र सर्तक रहेको बताए । कुनै पनि बिसम् परिस्थितिमा नगरपालिकाले हस्तान्तरण गरेको समाग्री बहुउपयोगी हुने उनको भनाइ छ । 

कार्यक्रममा चन्द्रागिरीका नगर प्रमुख घनश्याम गिरीले विगतका घटनाबाट पाठ सिक्दै घटना हुनु अगावै र कुनै पनि दैविक विपतीमा तयारी अवस्थामा रहन सकिएको खण्डमा मात्र जनधनको सुरक्षा गर्न सकिने बताए । 

 

चन्द्रगिरी नगरपालिकाले आपतकालीन दैवीप्रकोप उद्धार सामग्रीहरुः एचएम एस १ थान, कार्बिन, अटो लक कार्बिन थान ४, फिगर बेली डिभाइस २ थान, एटिसि गाइड २ थान, जैमर २ थान मल पुलि २ थान, बिग पुलि २ थान डाइनामिक रोप १० थान, एमएमरोमि डाइनामिक रोप २ थान सेमी डाइनामिक रोप २ थान टेप सिलिङ टुवुलार १ थान, सिफ्टि बेल्ट २ थान, ट्रेकिङ ब्याग २ थान, रक हेल्मट २ थान प्रहरीलाई हस्तान्तरण गरेको थियो । 

 

यस्तै क्लाईमिङ ग्लोभस थान २, सिओ २ ग्यास (२ केजिको) ७ थान, एबिसि स्टोर प्रेसर (४ केजिको) १३ थान, साभेल थान ४, पिक थान ४, स्लेड ह्यामर थान २, हेल्मेट थान २, ग्लोब्स १२ थान, सिम टेप रोल १२ थान, सेफ्टी पोन थान ५, ग्लासेस आई प्रोटेक्टर थान १२, सेफ्टि भेस्ट १२ थान, बोल्ड कटर–३६ थान १२, बोल्ड कटर थान २, करिब ५ लाख ५० हजार बराबरको सामाग्री प्रदान गरेको छ । 

 

आजै मात्र प्रहरी निरिक्षक भुपेन्द्र गिरी नेतृत्वको टोलीले महानगरी प्रहरी वृत्त थानकोटका प्रहरीहरुलाई विपत व्यवस्थापन र सामाग्रीको प्रयोगबारेमा तालिम दिएका छन् । 

आपतकालिन अवस्थामा र भइपरि आउने विपद् व्यवस्थापनका लागि भन्दै चन्द्रागिरी नगरपालिकाले नगर प्रमुख संयोजक रहने गरि चन्द्रागिरी नगरपालिका स्थानीय आपतकालिन सेवा केन्द्र स्थापना गरेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *