दक्षिण कोरियाका ५ शहरमा भीषण डढेलो, १२५ घर ध्वस्त

 

चैत २२, सोल । दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएपछि राष्ट्रिय प्रकोप घोषणा भएको छ । 

राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो । 

null

यस प्रकोपको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका शुक्रबार यहाँका अधिकारीले पुष्टि गरेका छन् । यस डढेलोबाट करिब २ सय ५० हेक्टर जमिन र १ सय २५ घर ध्वस्त भएको छ । 

यस प्रकोपका कारण हजारौँ व्यक्ति रातारात विस्थापित भएका छन् । यस प्रकोपपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय व्यवथापन निकायसँग छलफल गरेका थिए । उनले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न निर्देशन दिएका छन् । 

कडा हावा र अँध्यारोका कारण अग्नीनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई उत्पन्न भएको बताइएको छ । यस डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ । 

यस डढेलोको उद्वारकार्यको लागि अग्नीनियन्त्रक, सुरक्षाकर्मी, अन्य उद्वारकर्मीहरु गरी करिब १० हजार व्यक्ति परिचालन गरिएको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *