माओवादी द्वन्द्वले खोसेको खुसी १७ वर्षपछि फर्कियो
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
रोल्पा, १६ वैशाख । रेष्टु ‘मलाई हिजोका दिनहरु केही याद छैन । बुवा इन्डिया गएको केही दिनमा आमाले दोस्रो बिहे गरेपछि दिदी र म मात्र घरमा भयौँ । दाइ र भाइ कता थिए, सम्झना छैन ।’ तत्कालीन माओवादी बिद्रोहका समय करिब १७ वर्षअघि परिवारबाट बिछोड भएका काले उर्फ प्रताप सिंह घर्तीले भने ‘बुवा इन्डियाबाट आउँदा पनि घर नबसी कताकता जानुहुन्थ्यो । यस्तैमा दिदी मनमाया माओवादीमा लागिन । माओवादीमा लागेपछि दिदी कहिलेकाहीँ बन्दुक बोकेर घर आउन थाल्नुभयो । यस्तैमा एक दिन मलाई पनि आफुसँगै लैजानुभयो ।’
घर छाडेकाे केही समयपिछ माओवादीले नै मनमाया भिडन्तमा मरिएकाे भनेपछि आफू माओवादी छाडेर भागेकाे बताउँछन, प्रताप । ‘तेरी दिदी लडाइमा मरी भनिदिए । माओवादीले धेरै ठाउँ घुमाए । दु:ख दिए । अति भए पछि भागेर हिडेँ,’ उनले भने । तर उनकाे दिदीका बारेमा यथार्थ जानकारी अहिलेसम्म पनि पाउन सकेकाे छैनन् ।माओवादी छाडेर भागेपछि प्रतापले १७ वर्षजति निकै असहज जीवन बिताए । माओवादी शान्तिप्रकृयामा फर्किएकाे दशक बित्दा पनि उनी घर नफर्किएपछि कतिले उनकाे लडाइँमा परेर मृत्यु भइसकेकाे अन्दाज पनि लगाए । यमेा समाचार दिनेश सुवेदीले नागरिकमा लेखेका छन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)