नेकपाले १ दिनको र कांग्रेस सांसदले २ दिनको तलब हुरी प्रभावितलाई दिने

 

चैत १८, बारा । आइतबार साँझ बारा र पर्सामा आएको भीषण आँधी–हुरीका कारण प्रभावित भएकाहरुलाई नेकपाका सांसदले १ दिनको तलब सहयोग गर्ने भएका छन् भने कांग्रेस सांसदले २ दिनको तलब सहयोग गर्ने भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका हुन् । 

null

यस्तै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार एक विज्ञप्ति जारी गर्दै बारा पर्साका हावाहुरी प्रभावितलाई संघीय संसदका प्रतिनिधिहरुले दुई दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने जनाएका छन् । 

आइतबार साँझ आएको आधीहुरीबाट बारा र पर्सामा गरी २७ जनाको निधन भएको थियो भने ६ सय भन्दा बढी घाइते भएका थिए । सरकारले मृतकका परिवारलाई जनही ३ लाख दिने घोषणा समेत गरेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *