तराईमा आँधी: बारा र पर्सामा २७ जनाको मृत्यु

काठमाडौं, १८ चैत । गएराति आएको भीषण आँधीमा परी बारा र पर्साका विभिन्न ठाउँमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । रातको समयमा घटना भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको भन्दै यो संख्या अझै बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् । ४ सय भन्दा धेरै मानिस घाइते भएका छन् । 

 

असिनापानीसँगै आएको आँधीले विभिन्न भौतिक संरचनाहरुमा क्षति पुर्‍याउँदा ठूलो संख्यामा हताहत भएका छन् । आँधीले ढालेको रुखले घरहरु च्यापिएको, इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो । 

null

 

झण्डै आधा घण्टासम्म चलेको आँधीमा दर्जनौ कच्ची घर भत्किएका छन् । सयौं घरका टिनका छानाहरु आँधीले उडाएको छ । हावाहुरीले सबैभन्दा ठूलो क्षति बाराको भरवलीयामा भएको छ । 

 

त्यसैगरी भलुही, पुरैनिया परसौन, बिजवनिया लगायतका स्थानमा धेरै मानवीय क्षति भएको बताइएको छ । घटनालगत्तै प्रभावित क्षेत्रहरुमा उद्धारका लागि प्रहरी, सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी तथा स्वयंसेवकहरू परिचालित भएका छन् । 

 

घाइतेहरुको बारा र पर्साका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । स्थानीय अस्पतालहरूले घाइतेको संख्या बढेपछि भुइँमै राखेर उपचार गरिरहेका छन् । 

 

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले गएराति नै ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरुको उद्धार र उपचारमा कुनै कमी आउन नदिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । 

 

 

  

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =