आइपीएल: कोलकत्तालाई पराजित गर्दै चेन्नई शीर्ष स्थानमा
काठमाडौं, २७ चैत्र । इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकत्ता नाइट राइडर्सलाई पराजित गर्दै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार चेन्नईको घरेलु मैदान एम चिदामबराम क्रिकेट स्टेडियममा भएको खेलमा चेन्नईले कोलकत्तालाई ७ विकेटले पराजित गरेको हो ।
कोलकत्ताले दिएको १०९ रनको लक्ष्य चेन्नईले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो । चेन्नईका लागि फाप डु प्लेसिसले अविजित ४३ रन बनाए । यस्तै अम्बाती रायाडुले २१ रन जोड्दा सेन वाट्सनले १७ रन बनाए । सुरेश रैना १४ रनमा आउट हुँदा केदार जादब ८ रनमा अविजित रहे । कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए ।
null
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाएको थियो । चेन्नईका बलर चम्किएको खेलमा कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै टोलीको सम्मान जनक स्कोर बनाए ।
यस्तै कप्तान दिनेस कार्तिकले १९ तथा रोबिन उथप्पाले ११ रन बनाए । कोलकत्ताका अन्य ८ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चेन्नईका दिपक चाहरले ३ विकेट लिए । यस्तै हरबजन सिंह र इमरान ताहिरले समान २र२ विकेट लिए ।
कोलकत्तालाई पराजित गरेसंगै चेन्नई लिगमा पाँचौं जित हात पार्दै १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै पराजित कोलकत्ता ६ खेलमा चार खेल जितेर ८ अंकसहित लिगको दोस्रो स्थानमा छ ।