बारको चुनावमा वामपन्थीको अग्रता घट्यो

 

चैत २१, काठमाडौं । नेपाल बार एशोसियसनको जारी मतगणनामा प्रगतिशील (वामपन्थी) समूहका उम्मेद्वारहरुको अग्रता घट्दै गएको छ । 

सोमबारदेखि जारी मतगणनामा प्रगतिशिल प्यानलका चण्डेश्वर श्रेष्ठले २७५७ र लोकतान्त्रिक प्यानलका सुनिल पोखरेलले २७०५ मत ल्याएका छन् । दुई समूहबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । 

null

बुधबार बेलुकासम्म श्रेष्ठले ८० मतको अग्रता लिएका थिए । पछिल्लो मत गणना अनुसार प्रगतिशील पक्षका अध्यक्षका उम्मेदवार श्रेष्ठ जम्मा ५२ मतले अघि छन् । 

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल अगाडि छन्। अरु पदमा पनि दुई प्यानलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । 

अहिले काठमाडौँ जिल्ला अदालत बार र पाटन उच्च अदालतको बारको मतगणना भइरहको जानकारी दिइएको छ । 

नेपाल बारको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो। १० हजार ३ सय १३ मतदातामध्ये ८ हजार ३ सय २९ मत खसेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *