‘हिन्दू राष्ट्रको मुद्दा जसले बाेक्छ, उही सभापति बन्छ’

 

बैशाख २, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री शंकर भण्डारीले पार्टीभित्र हिन्दूराष्ट्रको एजेण्डा बोक्ने व्यक्ति नै आगामी १४ औं महाधिवेशनमा पार्टीको नेतृत्वमा आउने दाबी गरेका छन् । 

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता शर्माले भने, ‘जसले हाम्रो पार्टीभित्र सनातन हिन्दूराष्ट्रको एजेण्डा बोक्छ, त्यही व्यक्ति नेतृत्वमा आउँछ ।’ 

null

पार्टीको मूलविचार पनि अब हिन्दूराष्ट्र नै हुने उनको भनाइ छ । भण्डारीले पछिल्लो घट्नाक्रम हेर्दा मुलुक नयाँ प्रकारको द्वन्द्व, झगडा र कलहमा फस्न लागेको त होइन भन्दै प्रश्न गरे । 

भण्डारीले वर्तमान सरकार र यसका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वेसर्वा ठूलो हुँ भन्ने व्यवहार गलत भएको पनि टिप्पणी गरेका छन् । 

पृथ्वीनारायण शाहको शालिक ढालेर सगौरवको क्रान्तिकारी अनुभुति गर्नेहरुका कारण मुलुकको स्वाभिमान, स्वाधिनता र राष्ट्रियता कमजोर भएको उनको भनाइ छ । उनले भने, ‘मुलुकको राष्ट्रियता बलियो बनाउने काम पो गर्नुपर्छ । कमजोर बनाएर गौरव गर्नुहुँदैन ।’ 

उनले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदापनि जनता ढुक्क हुन नसकेको गुनासो पोखे । भण्डारीले देशको पहिचान भनेको नै सनातन हिन्दूराष्ट्र भएको स्पष्ट पार्दै उनले भने, ‘अहिलेपनि हाम्रो देशमा धार्मिक पर्यटकहरु बढि आउँछन् । सनातन हिन्दू धर्म भनेको मुलुकको समृद्धिको आधार पनि हो ।’ 

प्रदेश नम्बर ४ का ९० प्रतिशत आदिवासी तथा जनजातिहरु हिन्दूवादी भएको उनको दाबी छ । 

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न, लगानीको वातावरण बनाउनको लागि पूर्ण रुपमा असफल भएको पनि उनले आरोप लगाए । 

उनले सरकारको विरोध गर्न दिनभरि कुरा गर्दापनि समय नपुग्ने तर समर्थन गर्नको लागि एउटा पनि आधार नभएको जिकिर गरे । 

तत्कालीन सरकारले कम समयमा ठूलाठूला विकासका परियोजनाहरु अघि बढाएको तथा इतिहासमै नभएको काम गरी इतिहास रचेको दाबी गरिरहँदा नेता भण्डारीले भने इतिहासमै मुलुक यति कमजोर कहिल्यै पनि नभएको आरोप लगाए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *