कक्षामा प्रथम भइन् ‘प्रधानमन्त्री ओलीकी छोरी’

काठमाडौं, १ बैशाख । आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष बैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध मावि माग्रीमा भर्ना गराएका थिए । 

 

मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँकी लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छन् । यो खबर आजको कान्तिपुर दैनिकमा राजबहादुर शाहीले मुगुबाट लेखेका छन् । 

null

उनको पढाई सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार बालिकालाई घरमा पढ्ने वातावरण छैन । परिवारमा कोही पनि साक्षर छैनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =