प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको सुनुवाइ बुधबार, न्यायाधीशहरुको बिहीबार हुने
मकालु खबर
२०७६ वैशाख ४ गते
बैशाख ३, काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाको सुनुवाई बुधबार हुने भएको छ ।
संसदीय सुनुवाइ समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले थपलियाको सुनुवाई बुधबार गर्ने निर्णय गरेको हो ।
null
बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै बुधबार दिउँसो २ बजे सुनुवाइ गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ५ जनाको सुनुवाइ भने बिहीबार गर्ने पनि निर्णय गरेको छ ।
न्यायपरिषद्ले हरि फुयाँल, कुमार रेग्मी, मनोजराज शर्मा, उच्च अदालतका मुख्य न्यायाधीशद्वय प्रकाश ढुंगाना र सुक्ष्मलता माथेमालाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो ।
उनीहरुविरुद्ध ५ वटा उजुरी परेको छ।
मकालु खबर
२०७६ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित