अध्यक्षमा वामपन्थीका श्रेष्ठ विजयी, महासचिवमा लोकतान्त्रिक
चैत २१, काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील (वामपन्थी) चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।
लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई १ सय २७ मतले पराजित गर्दै बामपन्थी समूहका श्रेष्ठ नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयी भएका हुन् ।
null
श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरेका छन् भने पोखरेलले ३ हजार २७ मत प्राप्त गरेका छन् ।
महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनको विपक्षी उम्मेद्वारा प्रगतिशीलका सुरेन्द्र थापा थिए । पौडेलले ३ हजार २ सय ७ मत ल्याएका छन् भने थापाले २ हजार ९ सय ४० मत प्राप्त गरेका छन् ।
अहिले गणना भएका समग्र मत परिणामलाई एकिकृत गर्ने कार्य जारी जानकारी दिइएको छ । मतगणनाको आधिकारिक घोषणा भने केही बेरमा हुनेछ ।
नेपाल बारको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो। १० हजार ३ सय १३ मतदातामध्ये ८ हजार ३ सय २९ मत खसेको थियो।